काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यमा ५० लाख इकाई ऋणपत्र जारी गर्ने योजना बनाएको हो। जारी गरिने कुल ऋणपत्रमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी २० लाख इकाई […]
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यमा ५० लाख इकाई ऋणपत्र जारी गर्ने योजना बनाएको हो।
जारी गरिने कुल ऋणपत्रमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला रहनेछ। त्यसमध्ये १ लाख इकाई सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
निफ्राले “६ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८८–८९” नामक ७ वर्षे अवधिको ऋणपत्र ल्याउन लागेको हो, जसमा वार्षिक ६ प्रतिशत ब्याज प्रदान गरिनेछ।
ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापकको रूपमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहनेछ। आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको छ। सो मितिसम्म सम्पूर्ण इकाई बिक्री नभएमा ऋणपत्र असार १ गतेसम्म खुला रहनेछ।
न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.