‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली (तनहुँ) : पूर्व ऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अनिवार्य भएको बताएका छन्। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको आज बिहान निरीक्षणपछि उनले राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउन उपलब्ध जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार ऊर्जाको माध्यमबाट औद्योगिक विकास गर्न सकिने, […]

दमौली (तनहुँ) : पूर्व ऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अनिवार्य भएको बताएका छन्।

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको आज बिहान निरीक्षणपछि उनले राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउन उपलब्ध जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार ऊर्जाको माध्यमबाट औद्योगिक विकास गर्न सकिने, विद्युत् निर्यात गरेर अर्थतन्त्र सुदृढ बनाउने र विद्युतीय सवारीसाधनको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता आवश्यक छ। उनले तनहुँ जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा विशेष जोड दिए।

प्रवक्ता महतले आयोजनाको विभिन्न प्याकेज र विद्युतगृहको समेत अवलोकन गरेका थिए। सो अवसरमा आयोजनाका प्रमुख श्यामजी भण्डारीले आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिएका थिए।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In