काठमाडौं : नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्ने स्वीकृति दिएको हो। जारी गरिने ऋणपत्रमध्ये १२ लाख इकाई, अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी १८ लाख […]
काठमाडौं : नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्ने स्वीकृति दिएको हो।
जारी गरिने ऋणपत्रमध्ये १२ लाख इकाई, अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी १८ लाख इकाई, अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले आफ्नै पहलमा विभिन्न संस्थाहरूलाई बिक्री गर्नेछ।
बैंकले “७ प्रतिशत एसबीआई ऋणपत्र २०९०” नाममा १० वर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र जारी गर्न लागेको हो।
यस ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडले लिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.