काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आगामी असार २ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी […]
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आगामी असार २ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो। सभा भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।
त्यस्तै, सो सभामा कम्पनीको २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाहसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार, जेठ २५ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.