काठमाडौं:प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता […]
काठमाडौं:
प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, आइतबार काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानको पशुपति भिजन अगाडि दुईवटा मोटरसाइकलमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्दा साथमा रहेको झोलाबाट उक्त रकम फेला परेको हो।
रकमको स्रोत खुल्न नसकेको भन्दै चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.