काठमाडौं : छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेका १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३९० रुपैयाँ निर्धारण गरेको छ।
यस सेयर खरिदका लागि कम्पनीका हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरीदमा इच्छुक संस्थापकहरूले आज जेठ ९ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ। सो अवधिमा आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिहरू वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ।












Be the first to comment.