काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक रूपमा खुला गरेको छ। अब यो सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि बैंकले सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला गरेको हो। सेयर खरिदमा इच्छुक […]
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेका १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक रूपमा खुला गरेको छ।
अब यो सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूले आवेदन दिन सक्नेछन्।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि बैंकले सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला गरेको हो।
सेयर खरिदमा इच्छुक लगानीकर्ताले आज जेठ ९ गतेदेखि ७ दिनभित्र बैंकको सेयर शाखा, लाजिम्पाट काठमाडौंमा आफूले कति कित्ता सेयर खरिद गर्न चाहन्छन् भन्ने उल्लेख गरी आवेदन फारम बुझाउन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.