बजेटमा सत्तारुढ कांग्रेस र एमालेबीच विभाजन

सत्तारुढ गठबन्धनभित्रै बजेटलाई लिएर असहमति देखिएको छ। अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस असन्तुष्ट देखिएको हो। प्रतिनिधिसभामा सोमबार बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसदहरूले बजेटमा पक्षपात भएको आरोप लगाउँदै अर्थमन्त्री पौडेलको भूमिकामाथि प्रश्न उठाए। उनीहरूका अनुसार बजेट एमाले नेता–मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित रहेको छ, जसले समावेशी र सन्तुलित […]

सत्तारुढ गठबन्धनभित्रै बजेटलाई लिएर असहमति देखिएको छ। अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस असन्तुष्ट देखिएको हो।

प्रतिनिधिसभामा सोमबार बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसदहरूले बजेटमा पक्षपात भएको आरोप लगाउँदै अर्थमन्त्री पौडेलको भूमिकामाथि प्रश्न उठाए। उनीहरूका अनुसार बजेट एमाले नेता–मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित रहेको छ, जसले समावेशी र सन्तुलित नीति विपरीतको संकेत दिन्छ।

कांग्रेस सांसद रामहरी खतिवडाले मन्त्रीहरुले “पद पेवा पाएको” शैलीमा बजेट बाँडेको भन्दै असन्तोष व्यक्त गरे भने सांसद रामकृष्ण यादवले बजेटमा टुक्रे योजना समेटिएको, प्रतिबद्धता विपरीतका आयोजनामा रकम विनियोजन गरिएको र विपद् प्रभावित क्षेत्रमा बजेट नदिइएको आरोप लगाए।

त्यस्तै, सांसद नागिना यादवले वृद्ध भत्ताको उमेर सीमा ७० वर्ष पुर्‍याइएकामा विरोध जनाउँदै बजेट टालटुले शैलीमा ल्याइएको टिप्पणी गरिन्। कांग्रेसका सांसद उदयशमशेर राणाले प्रधानमन्त्रीको अध्यक्षतामा स्वीकृत योजनासमेत स्थानान्तर गरिएको भन्दै सरकारको जवाफ माग गरे।

दोस्रोतर्फ, एमाले सांसदहरूले बजेट यथार्थमा आधारित भएको दाबी गर्दै अर्थमन्त्री पौडेलको प्रशंसा गरे। सांसद पदम गिरीले बजेट लोकप्रियताका लागि नभई यथार्थ धरातलमा टेकेर ल्याइएको भन्दै समर्थन जनाए।

सांसदहरूको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पौडेलले अधुरा योजनाको निरन्तरताका लागि साना योजनामा बजेट छुट्याउनुपरेको स्पष्ट पारे। साथै, बजेटले आर्थिक अनुशासन, निजी लगानी प्रोत्साहन, विद्युत उत्पादन र बाँझो जमिन उपयोगको रणनीति अघि सारेको उनको दाबी छ।

यो विवादले सत्तारुढ दलहरूबीच बजेटको प्राथमिकता र वितरणप्रति आन्तरिक समन्वयको कमी देखिएको विश्लेषण गरिएको छ।

                                                                                                                                                                                          Source : https://bizmandu.com/

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In