काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको नाफा र प्रतिसेयर आम्दानी दुवैमा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीले सो अवधिमा १११.६७ प्रतिशतले नाफा बढाउँदै ६ करोड ८० लाख रुपैयाँको खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड २१ लाख २६ हजार रुपैयाँ थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि […]
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको नाफा र प्रतिसेयर आम्दानी दुवैमा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीले सो अवधिमा १११.६७ प्रतिशतले नाफा बढाउँदै ६ करोड ८० लाख रुपैयाँको खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड २१ लाख २६ हजार रुपैयाँ थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएपछि नाफा पनि बढेको हो। कालिका लघुवित्तको खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लाख ३१ हजार रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन आम्दानी पनि १११.४३ प्रतिशतले वृद्धि भई ९ करोड ७० लाख ३७ हजार रुपैयाँ भएको छ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १० रुपैयाँ ७४ पैसाले बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा छ भने खराब कर्जा (NPL) अनुपात ५.२७ प्रतिशत रहेको छ। हाल यसको चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.