खराब कर्जा चुलिंदा इन्फिनिटी लघुवित्तको नाफा प्रभावित, इपीएसमा पनि भारी गिरावट

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा इन्फिनिटी लघुवित्तको खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा तीव्र गिरावट आएको छ। यस अवधिमा कम्पनीको खुद नाफा ९८.७४ प्रतिशतले घट्दै ६ लाख ६१ रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। खुद नाफामा आएको गिरावटको मुख्य कारण […]

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा इन्फिनिटी लघुवित्तको खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा तीव्र गिरावट आएको छ। यस अवधिमा कम्पनीको खुद नाफा ९८.७४ प्रतिशतले घट्दै ६ लाख ६१ रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

खुद नाफामा आएको गिरावटको मुख्य कारण भनेको सञ्चालन नाफामा आएको कमी र इम्पेयरमेन्ट चार्जको तीव्र वृद्धि हो। कम्पनीको सञ्चालन नाफा पनि ९८.७४ प्रतिशतले घटेर ९ लाख ४४ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष १ करोड ५५ लाख रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो त्रैमासमा बढेर ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले बढ्दै २५ करोड ५५ लाख रुपैयाँमा पुगेको छ। तर, खराब कर्जाको अनुपात उल्लेखनीय रूपमा वृद्धि भई ४.९७ प्रतिशतबाट १४.३५ प्रतिशत पुगेको छ।

वित्तीय सूचकहरूमा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि भारी मात्रामा घटेको छ। EPS १३ रुपैयाँ ९२ पैसाले घटेर १८ पैसामा झरेको छ, जुन अघिल्लो वर्ष १४ रुपैयाँ १० पैसा थियो। हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In