सिंगटी हाइड्रो इनर्जीको विद्युत बिक्रीबाट हुने आम्दानी ५५ करोड १६ लाख, सेयर प्रिमियममा २५ करोड ११ लाख

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ४३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो। नाफामा देखिएको सुधारको मुख्य कारण विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि र वित्तीय खर्चमा आएको कमी हो। कम्पनीको विद्युत् बिक्री […]

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ४३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो।

नाफामा देखिएको सुधारको मुख्य कारण विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि र वित्तीय खर्चमा आएको कमी हो। कम्पनीको विद्युत् बिक्री आम्दानी ५३ करोड ७२ लाख रुपैयाँबाट बढेर ५५ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानी २२ लाख रुपैयाँ रहेको छ। वित्तीय खर्च भने ३६ करोड ८६ लाख रुपैयाँबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा झरेको छ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिंगटीको एकीकृत नाफा (एकुमुलेटेड प्रफिट) ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ भने सेयर प्रिमियमको रुपमा २५ करोड ११ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४ रुपैयाँ ६३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ९९ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In