काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७७ प्रतिशतले कम हो। अघिल्लो वर्ष चैतसम्म कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफामा देखिएको सामान्य गिरावटको मुख्य कारण विद्युत् बिक्रीबाट हुने आम्दानीमा […]
काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७७ प्रतिशतले कम हो। अघिल्लो वर्ष चैतसम्म कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफामा देखिएको सामान्य गिरावटको मुख्य कारण विद्युत् बिक्रीबाट हुने आम्दानीमा आएको कमी हो। विद्युत् बिक्री आम्दानी ९४ करोड ५५ लाख रुपैयाँबाट घटेर ७४ करोड १२ लाख रुपैयाँमा झरेको छ। तर, वित्तीय खर्च भने ५६ करोड ७९ लाख रुपैयाँबाट घट्दै ३६ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ।
२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ३ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ २८ पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.