काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यस अवधिमा कम्पनीको नाफा ६ करोड ८५ लाख रुपैयाँ रहेको थियो। विद्युत बिक्रीबाट भएको आम्दानी पनि ११ करोड […]
काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यस अवधिमा कम्पनीको नाफा ६ करोड ८५ लाख रुपैयाँ रहेको थियो।
विद्युत बिक्रीबाट भएको आम्दानी पनि ११ करोड ५९ लाख रुपैयाँबाट बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ। यसैबीच, कम्पनीको वित्तीय खर्च ६८ लाख रुपैयाँबाट घटेर ४६ लाख ८७ हजार रुपैयाँमा झरेको छ। आम्दानीमा वृद्धि र खर्चमा गिरावट आउँदा नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।
५६ करोड ७३ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा हाल १७ करोड ३९ लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीको इर्निङ पर सेयर (EPS) १६.५० रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३०.६७ रुपैयाँ छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.