काठमाडौं : बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ६३ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्रीबाट प्राप्त आम्दानी ३० करोड ६७ लाख […]
काठमाडौं : बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ६३ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्रीबाट प्राप्त आम्दानी ३० करोड ६७ लाख रुपैयाँबाट थोरै बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। यद्यपि आम्दानीमा सानो मात्रामा वृद्धि भए पनि नाफा घट्नुमा मर्मतसम्भार खर्चको वृद्धि मुख्य कारण बनेको छ। यस अवधिमा कम्पनीको वित्तीय खर्च १० करोड ४४ लाख रुपैयाँबाट घटेर १० करोड ८ लाख रुपैयाँमा झरेको छ।
१ अर्ब १२ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ। कम्पनीको इर्निङ पर सेयर (EPS) ५.८७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११०.१५ रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.