काठमाडौं : सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी २ करोड ९५ लाख रुपैयाँ घाटामा थियो। विद्युत उत्पादन सुरु भएसँगै कम्पनीले नाफा कमाउन थालेको हो। विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा […]
काठमाडौं : सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी २ करोड ९५ लाख रुपैयाँ घाटामा थियो। विद्युत उत्पादन सुरु भएसँगै कम्पनीले नाफा कमाउन थालेको हो।
विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा वित्तीय खर्च ६० करोड १२ लाख रुपैयाँ रहेको छ।
३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी (EPS) ६.३४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०४.१७ रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.