फरवार्ड माइक्रोफाइनान्सको नाफा ६८.९६ ले घट्यो, इपीएसमा पनि गिरावट

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा उल्लेख्य रूपमा घटेको छ। यस अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.९६ प्रतिशतले कम हो। गत वर्ष यसले ११ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो। यद्यपि कम्पनीको खुद ब्याज आम्दानी र […]

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा उल्लेख्य रूपमा घटेको छ। यस अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.९६ प्रतिशतले कम हो। गत वर्ष यसले ११ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा सामान्य रूपमा वृद्धि भएका छन्। खुद ब्याज आम्दानी ०.४० प्रतिशतले बढेर ८८ करोड १७ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो ८७ करोड ८२ लाख रुपैयाँ थियो।

सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर १८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ। यस त्रैमासमा कम्पनीको खराब कर्जा दर ८.२६ प्रतिशतबाट घटेर ५.८५ प्रतिशतमा झरेको छ, जसले कम्पनीको कर्जा गुणस्तरमा सुधार देखाउँछ।

तर नाफा घटेकै कारण कम्पनीको प्रतिसेयर आम्दानी (EPS) मा गिरावट आएको छ। गत वर्ष वार्षिक EPS १४ रुपैयाँ ७२ पैसा रहेकोमा यस वर्ष घटेर ४ रुपैयाँ ०३ पैसामा सीमित भएको छ। हाल कम्पनीको प्रति सेयर नेटवर्थ २५३ रुपैयाँ ६२ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In