बोटलर्स नेपालका दुवै कम्पनीको नाफा घट्यो, जगेडा कोषमा भने अरबौं रुपैयाँ

काठमाडौं: बोटलर्स नेपालका दुबै कम्पनी—बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)—ले चालु आर्थिक वर्षको पहिलो नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। बोटलर्स नेपाल (तराई) ले समीक्षावधिमा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ६९.१० प्रतिशतले कम हो। अघिल्लो वर्ष यसले २६ करोड १४ लाख रुपैयाँ नाफा […]

काठमाडौं: बोटलर्स नेपालका दुबै कम्पनी—बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)—ले चालु आर्थिक वर्षको पहिलो नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

बोटलर्स नेपाल (तराई) ले समीक्षावधिमा ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ६९.१० प्रतिशतले कम हो। अघिल्लो वर्ष यसले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी पनि घटेको छ—गत वर्षको ५ अर्ब ८१ करोड रुपैयाँबाट घटेर यस वर्ष ४ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च २० करोड १२ लाख रुपैयाँबाट घटेर १३ करोड ९६ लाखमा सीमित भएको छ।

कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ, जुन गत वर्षको ३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी हो। हाल कम्पनीको प्रति सेयर आम्दानी (EPS) ८९ रुपैयाँ रहेको छ र प्रति सेयर नेटवर्थ ३ हजार ४९७ रुपैयाँ पुगेको छ।

बोटलर्स नेपाल (बालाजु) ले भने ९ महिनामा १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७३.३१ प्रतिशतले कम हो। गत वर्ष यसले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको आम्दानी पनि थोरै घटेको छ—७ अर्ब १८ करोड रुपैयाँबाट घटेर ७ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ। वित्तीय खर्च भने २३ करोड ३३ लाख रुपैयाँबाट घटेर १६ करोड २४ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको हालको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ। जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ७० करोड रुपैयाँभन्दा बढी हो। कम्पनीको EPS ६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ कायम

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In