काठमाडौं: श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ लाख २८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७४ […]
काठमाडौं: श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ लाख २८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७४ लाख रुपैयाँमा पुगेको छ। साथै, कम्पनीको वित्तीय खर्च पनि घटेको छ—४२ करोड ३२ लाख रुपैयाँबाट घटेर ३२ करोड १८ लाख रुपैयाँमा झरेको छ। आम्दानी बढेको र खर्च घटेको कारणले गर्दा कम्पनी नाफामा आएको हो।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्स ३७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। कम्पनीको प्रति सेयर आम्दानी (EPS) ४.२७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ७७.४१ रुपैयाँ कायम छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.