काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा संस्थाले ३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो। संस्थाको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँबाट घटेर […]
काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा संस्थाले ३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँबाट घटेर १९ करोड ४० लाख रुपैयाँमा झरेको छ। यद्यपि नाफा बढ्नुमा अन्य आम्दानी र व्यय व्यवस्थापनले योगदान दिएको देखिन्छ।
यस अवधिमा इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख रुपैयाँ कायम भएको छ। वितरणयोग्य नाफा उल्लेखनीय रूपमा ३०२ प्रतिशतले वृद्धि भएर देखिएको छ।
३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोष ३० करोड ४२ लाख रुपैयाँ पुगेको छ। वार्षिक आधारमा प्रतिसेयर आम्दानी १४.६२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४.५१ रुपैयाँ कायम भएको छ। हालको अवस्थामा गैर-सञ्चलनशील कर्जा (एनपीएल) अनुपात ४.९६ प्रतिशत पुगेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.