काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४३.०६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सो अवधिमा संस्थाको नाफा २ करोड २९ लाख रुपैयाँ थियो। संस्थाको खुद ब्याज आम्दानी ३७ करोड ८७ लाख रुपैयाँबाट बढेर […]
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४३.०६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सो अवधिमा संस्थाको नाफा २ करोड २९ लाख रुपैयाँ थियो।
संस्थाको खुद ब्याज आम्दानी ३७ करोड ८७ लाख रुपैयाँबाट बढेर ४८ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा उल्लेखनीय सुधार ल्याएको हो। यस अवधिमा इम्पेयरमेन्ट चार्जमा भने गिरावट आएको छ।
वितरणयोग्य नाफा ३ करोड ४६ लाख रुपैयाँ रहेको छ।
१ अर्ब १० करोड ६२ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी भएको यस संस्थाको जगेडा कोष ४० करोड ६३ लाख रुपैयाँमा पुगेको छ। वार्षिक प्रतिसेयर आम्दानी (EPS) ९.४८ रुपैयाँ रहँदा प्रतिसेयर नेटवर्थ १४०.१६ रुपैयाँ रहेको छ। संस्थाको गैर-सञ्चलनशील कर्जा (NPL) अनुपात ५.२६ प्रतिशत पुगेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.