काठमाडौं : सुनको मूल्य लगातार पाँच दिनदेखि उकालो लागिरहेको छ। पछिल्ला पाँच दिनमै सुनको भाउ ८७ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा पुगेको हो। यसअघिका चार दिन—आइतबार, सोमबार, मंगलबार र बुधबार—क्रमशः ६००, ५००, ५३०० र १७०० रुपैयाँको वृद्धि […]
काठमाडौं : सुनको मूल्य लगातार पाँच दिनदेखि उकालो लागिरहेको छ। पछिल्ला पाँच दिनमै सुनको भाउ ८७ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा पुगेको हो।
यसअघिका चार दिन—आइतबार, सोमबार, मंगलबार र बुधबार—क्रमशः ६००, ५००, ५३०० र १७०० रुपैयाँको वृद्धि भएको थियो। बुधबार सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँ थियो।
यता, बिहीबार चाँदीको मूल्य भने घटेको छ। तोलामा १० रुपैयाँले घट्दै चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिन अर्थात् बुधबार १ हजार ९६५ रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.