घलेम्दी हाइड्रोको नोक्सानी घट्यो, विद्युत बिक्री कति ?

काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ४६ लाख ४२ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ३० लाख रुपैयाँको घाटाको तुलनामा कम हो। कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी ६ करोड ८० लाख रुपैयाँबाट बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय […]

काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ४६ लाख ४२ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ३० लाख रुपैयाँको घाटाको तुलनामा कम हो।

कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी ६ करोड ८० लाख रुपैयाँबाट बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय खर्च पनि ७ करोड ९५ लाख रुपैयाँबाट घटेर ५ करोड ७६ लाख रुपैयाँमा झरेको छ।

ब्याज आम्दानी पनि वृद्धि भई २ करोड ९३ लाख रुपैयाँमा पुगेको छ। आम्दानीमा वृद्धि र खर्चमा कमी भएका कारण घाटा घटेको हो।

१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष २३ करोड ४१ लाख रुपैयाँले ऋणात्मक छ। कम्पनीको प्रति सेयर नाफा (EPS) १.४९ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९६.८१ रुपैयाँ कायम छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In