काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १२ लाख ५५ हजार रुपैयाँ नाफाको तुलनामा ३.४३ प्रतिशतले बढी हो। कम्पनीको खुद ब्याज आम्दानी ६२ करोड ७२ लाख रुपैयाँबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँमा झरेको छ। […]
काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १२ लाख ५५ हजार रुपैयाँ नाफाको तुलनामा ३.४३ प्रतिशतले बढी हो।
कम्पनीको खुद ब्याज आम्दानी ६२ करोड ७२ लाख रुपैयाँबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँमा झरेको छ। यता, ६ करोड ५२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ।
संस्थाको सञ्चालन खर्च ५१ करोड ८ लाख रुपैयाँबाट बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
वितरणयोग्य नाफा ३ करोड ७ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४.१५ प्रतिशतले कम हो।
१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ रहेको छ। संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४७.२४ रुपैयाँ कायम छ। गैर-संवेदनशील कर्जा (NPL) अनुपात १३.५५ प्रतिशतमा पुगेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.