समता घरेलु लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि किन घट्यो नाफा ?

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको ३ करोड ७ हजार रुपैयाँ नाफाको तुलनामा १३.०४ प्रतिशतले कम हो। कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ५१ लाख रुपैयाँबाट बढेर २० करोड ८५ लाख रुपैयाँमा पुगेको […]

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको ३ करोड ७ हजार रुपैयाँ नाफाको तुलनामा १३.०४ प्रतिशतले कम हो।

कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ५१ लाख रुपैयाँबाट बढेर २० करोड ८५ लाख रुपैयाँमा पुगेको छ। तर, यस अवधिमा संस्थाले २ करोड ४८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो वर्ष सो चार्ज रिभर्स गरिएको थियो। यही चार्जको वृद्धि नाफामा कमी हुने प्रमुख कारण बनेको हो।

संस्थाको वितरणयोग्य नाफा १ करोड ३७ लाख रुपैयाँ रहेको छ। ६२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ५.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६.४६ रुपैयाँ कायम छ। गैर-संवेदनशील कर्जा (NPL) अनुपात ६.५३ प्रतिशतमा पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In