काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको २ करोड १३ लाख रुपैयाँ नाफाको तुलनामा ७९.७४ प्रतिशतले कम हो। नाफामा आएको गिरावटको मुख्य कारण कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानीमा आएको कमी हो। यस अवधिमा विद्युत बिक्रीबाट आम्दानी घटेर […]
काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको २ करोड १३ लाख रुपैयाँ नाफाको तुलनामा ७९.७४ प्रतिशतले कम हो।
नाफामा आएको गिरावटको मुख्य कारण कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानीमा आएको कमी हो। यस अवधिमा विद्युत बिक्रीबाट आम्दानी घटेर २३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो आम्दानी २९ करोड २० लाख रुपैयाँ थियो।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँको ऋणात्मक स्थिति छ। पञ्चकन्याको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ८३ रुपैयाँ ८१ पैसा कायम छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.