काठमाडौं : नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो। हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ, जसमा आधारित भएर […]
काठमाडौं : नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ, जसमा आधारित भएर हकप्रद सेयर जारी गर्न लागिएको हो। हकप्रद सेयर निष्कासनपछि कम्पनीको पुँजी बढेर १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद सेयर बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। साथै, राप्ती हाइड्रोमा राधी विद्युतको २१.०५ प्रतिशत सेयर लगानी रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.