माउन्टेन इनर्जी नेपालको विद्युत बिक्री आम्दानी ९२ करोड २७ लाख, नाफा ५० प्रतिशत बढ्यो

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड ९१ लाख रुपैयाँ नाफाको तुलनामा ५०.४४ प्रतिशतले बढी हो। कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ८७ करोड १ लाख रुपैयाँबाट बढेर ९२ करोड २७ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै, […]

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड ९१ लाख रुपैयाँ नाफाको तुलनामा ५०.४४ प्रतिशतले बढी हो।

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ८७ करोड १ लाख रुपैयाँबाट बढेर ९२ करोड २७ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै, वित्तीय खर्च २० करोड ७८ लाख रुपैयाँबाट घटेर १८ करोड १७ लाख रुपैयाँमा झरेको छ। साथै, बिमा दाबीबाट ८ करोड ५६ लाख रुपैयाँ आय भएको छ।

आम्दानीमा वृद्धि र खर्चमा गिरावट आएपछि कम्पनीको नाफामा उल्लेखनीय सुधार देखिएको हो।

२ अर्ब ६० करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ संचित छ। माउन्टेन इनर्जीको प्रति सेयर आम्दानी (EPS) १७.८७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४५.८७ रुपैयाँ पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In