काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफ इन्सुरेन्सले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशतले बढी हो। गत वर्षको समान अवधिमा कम्पनीले ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमा शुल्क ११.६१ प्रतिशतले बढ्दै ३२ अर्ब ५० करोड ७२ लाख […]
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफ इन्सुरेन्सले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशतले बढी हो। गत वर्षको समान अवधिमा कम्पनीले ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमा शुल्क ११.६१ प्रतिशतले बढ्दै ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि झण्डै ११ प्रतिशतले बढेको छ, जसले नाफा वृद्धि गर्न सहयोग पुगेको हो।
हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ। चैत मसान्तसम्म नेपाल लाइफको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ९.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.