क्रेष्ट माइक्रो लाइफको नाफामा भारी वृद्धि, इपीएस १.८७ रुपैयाँ

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको नाफामा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ लाख रुपैयाँको तुलनामा ६३८.६४ प्रतिशतले बढी हो। नाफामा भएको यो उछालको प्रमुख कारण बिमा शुल्क आम्दानीमा देखिएको ३४६.४२ प्रतिशतको वृद्धी हो, जसले १९ करोड […]

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको नाफामा उल्लेखनीय वृद्धि भएको छ। कम्पनीले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ लाख रुपैयाँको तुलनामा ६३८.६४ प्रतिशतले बढी हो।

नाफामा भएको यो उछालको प्रमुख कारण बिमा शुल्क आम्दानीमा देखिएको ३४६.४२ प्रतिशतको वृद्धी हो, जसले १९ करोड ४१ लाख रुपैयाँको स्तर छोएको छ। यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ८.०३ प्रतिशतले बढ्दै ३ करोड ७९ लाख रुपैयाँ नाघेको छ।

कम्पनीको जीवन बिमा कोष १४ करोड ९७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। आईपीओमार्फत चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्याइएको छ भने रिटेन्ड अर्निङमा १ करोड २२ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १.५१ रुपैयाँले बढेर १.८७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०२.८८ रुपैयाँ रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In