काठमाडौं: सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ५ करोड १८ लाख रुपैयाँ नाफाको तुलनामा ३९.१३ प्रतिशतले कम हो। कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी १९ करोड ८९ लाख रुपैयाँबाट घटेर १७ करोड ८९ लाख रुपैयाँमा सीमित हुँदा […]
काठमाडौं: सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ५ करोड १८ लाख रुपैयाँ नाफाको तुलनामा ३९.१३ प्रतिशतले कम हो।
कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी १९ करोड ८९ लाख रुपैयाँबाट घटेर १७ करोड ८९ लाख रुपैयाँमा सीमित हुँदा नाफामा दबाब परेको देखिन्छ। यद्यपि वित्तीय खर्चमा केही सुधार देखिएको छ, जुन ८ करोड ६ लाख रुपैयाँबाट घटेर ७ करोड ९ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ ८ करोड ५१ लाख रुपैयाँ रहेको छ। वार्षिक प्रतिसेयर आम्दानी (EPS) ३.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०७.२६ रुपैयाँ कायम रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.