एनएलजी इन्सुरेन्सको बोनस सेयर घोषणा

काठमाडौं: एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट कुल २.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। घोषित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र […]

काठमाडौं: एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट कुल २.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

घोषित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। कम्पनीले अघिल्लो वर्ष (२०७९/८०) मा ५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In