काठमाडौं: छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२.५९ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यसले ६४ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। साथै, खराब कर्जा ३.०४ […]
काठमाडौं: छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२.५९ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यसले ६४ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। साथै, खराब कर्जा ३.०४ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा झरेको छ र इम्पेयरमेन्ट चार्ज पनि घटेको छ, जसका कारण नाफामा सुधार आएको देखिन्छ।
कर्जा लगानी ११.२० प्रतिशतले बढेर ३९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यस संस्थाको चुक्ता पुँजी ३ अर्ब २१ करोड र रिजर्भ कोष २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।
खुद नाफा बढ्दा प्रतिसेयर आम्दानी ६.५६ रुपैयाँले सुधार भई ३५.३९ रुपैयाँ पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ २४७.१४ रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.