काठमाडौं: सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज मंगलबार (वैशाख ३० गते) देखि सकिने भएको छ। कम्पनीले १ः०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर सार्वजनिक निष्कासन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँको दरमा, यो सेयर निष्कासनमार्फत कम्पनीले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।
यस प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार वैशाख ४ गतेसम्म सेयरधनी रहेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। आवेदन दिने अन्तिम मिति जेठ १९ गतेसम्म तोकिएको छ।
यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले उक्त बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफ इन्सुरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि यो बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
Be the first to comment.