सोल्टी होटलले ९ महिनामा कमायो ४६ करोड ७३ लाख नाफा, कस्ता छन् अन्य सूचक ?

काठमाडौं: सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार होटलको आम्दानी र नाफा दुवै वृद्धि भएको देखिन्छ। कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा होटलको नाफा […]

काठमाडौं: सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार होटलको आम्दानी र नाफा दुवै वृद्धि भएको देखिन्छ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा होटलको नाफा ४१ करोड २३ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा होटलको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले वृद्धि भई ५९ करोड १७ लाख रुपैयाँ पुगेको छ।

पर्यटन र व्यवसायिक गतिविधिमा सुधार आउँदा होटलको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको हो। अघिल्लो वर्षको चैत मसान्तसम्ममा १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको होटलले चालु वर्ष सो अवधि सम्ममा १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ।

१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सोल्टी होटलको जगेडा कोष १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४ रुपैयाँ ५७ पैसा तथा प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In