काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा होल्डिङ्स लिमिटेडको खुद नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ। प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिमा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२७.४५ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा मात्र ८ करोड २५ हजार रुपैयाँ थियो। […]
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा होल्डिङ्स लिमिटेडको खुद नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ। प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिमा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२७.४५ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा मात्र ८ करोड २५ हजार रुपैयाँ थियो।
कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानीमा वृद्धि भएपछि नाफा समेत बढेको हो। यस त्रैमाससम्ममा कम्पनीको कूल आम्दानी २५३.६४ प्रतिशतले बढेर ३८ करोड ९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी पनि २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८३ करोड ९४ लाख रुपैयाँ थियो।
हाल कम्पनीको जगेडा कोष १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ४५ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ९३ पैसा कायम भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.