सोनापुर मिनरल्स् एन्ड आयलको आम्दानी ५० प्रतिशत बढ्यो, कम्पनी भने घाटामा

काठमाडौं: सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। यद्यपि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो, जसका आधारमा नोक्सानीमा उल्लेखनीय कमी आएको देखिन्छ। कम्पनीको घाटा कम हुनुको मुख्य कारण भनेको सिमेन्ट बिक्रीबाट प्राप्त आम्दानीमा वृद्धि हो। अघिल्लो […]

काठमाडौं: सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। यद्यपि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो, जसका आधारमा नोक्सानीमा उल्लेखनीय कमी आएको देखिन्छ।

कम्पनीको घाटा कम हुनुको मुख्य कारण भनेको सिमेन्ट बिक्रीबाट प्राप्त आम्दानीमा वृद्धि हो। अघिल्लो वर्ष १ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यो वर्ष सोही अवधिमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

यद्यपि, कम्पनीको वित्तीय खर्च भने बढेर २० करोड १९ लाख रुपैयाँबाट २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जसले घाटा घटाउने प्रयासलाई केही असर पारेको देखिन्छ।

हाल सोनापुरको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ९८ करोड ६८ लाख रुपैयाँसेयर प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ऋणात्मक रहँदै –२.४७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८५.८६ रुपैयाँ कायम रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In