युनिभर्सल पावरको आम्दानीसँगै नाफामा सुधार

काठमाडौं: युनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ७ करोड ४७ लाख रुपैयाँ नाफाको तुलनामा ४२.३६ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको सञ्चालन आम्दानी २५ करोड ३९ लाख रुपैयाँबाट बढेर २६ करोड १३ लाख रुपैयाँ पुगेको छ। साथै, […]

काठमाडौं: युनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ७ करोड ४७ लाख रुपैयाँ नाफाको तुलनामा ४२.३६ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीको सञ्चालन आम्दानी २५ करोड ३९ लाख रुपैयाँबाट बढेर २६ करोड १३ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय खर्च घटेर ११ करोड ३५ लाखबाट ८ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानीमा वृद्धि र खर्चमा कटौती भएपछि नाफामा सुधार देखिएको हो।

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा २५ करोड २७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ६.२२ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ १११.०९ रुपैयाँ पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In