निर्धन उत्थानको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार

काठमाडौं: निर्धन उत्थान लघुवित्तको खुद नाफामा महत्वपूर्ण वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा १७३.२८ प्रतिशतले वृद्धि हुँदै ४८ करोड ५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले केवल १७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा, कम्पनीको खुद ब्याज आम्दानी १२.२३ प्रतिशतले घटेर १ अर्ब १९ करोड […]

काठमाडौं: निर्धन उत्थान लघुवित्तको खुद नाफामा महत्वपूर्ण वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा १७३.२८ प्रतिशतले वृद्धि हुँदै ४८ करोड ५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले केवल १७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा, कम्पनीको खुद ब्याज आम्दानी १२.२३ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँमा झरेको छ। तर, सञ्चालन नाफा १०१.९२ प्रतिशतले वृद्धि भएपछि खुद नाफामा सुधार आएको हो।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ जम्मा छ। खराब कर्जा १०.७७ प्रतिशतबाट घटेर ९.०९ प्रतिशत मा आएको छ।

खुद नाफामा भारी वृद्धि भएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि आकर्षक रूपले बढेर वार्षिक २४.५३ रुपैयाँ पुगेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ८.९८ रुपैयाँ मात्र थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.०३ रुपैयाँ रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In