सूचीकृत कम्पनीलाई आफ्नो प्रणालीमा विवरण अद्यावधिक गर्न नेप्सेको निर्देशन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आफ्नो प्रणालीमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। मंगलबार सूचना जारी गर्दै नेप्सेले कम्पनी प्रोफाइल, सम्पर्क विवरण तथा सञ्चालकको वित्तीय विवरण अद्यावधिक गर्न आग्रह गरेको हो। नेप्सेले जनाएको अनुसार, सूचीकृत संस्थाहरूले एनओटीएस (NOTS) लगइनमार्फत प्रविष्ट गरेको सूचना नेप्सेको वेबसाइटमार्फत सार्वजनिक हुँदै आएको छ। तर, केही कम्पनीहरूले […]

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आफ्नो प्रणालीमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। मंगलबार सूचना जारी गर्दै नेप्सेले कम्पनी प्रोफाइल, सम्पर्क विवरण तथा सञ्चालकको वित्तीय विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।

नेप्सेले जनाएको अनुसार, सूचीकृत संस्थाहरूले एनओटीएस (NOTS) लगइनमार्फत प्रविष्ट गरेको सूचना नेप्सेको वेबसाइटमार्फत सार्वजनिक हुँदै आएको छ। तर, केही कम्पनीहरूले आवश्यक विवरण अद्यावधिक नगरेको पाइएकाले यथाशिघ्र विवरण प्रविष्ट तथा अद्यावधिक गर्न अनुरोध गरिएको नेप्सेले स्पष्ट पारेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In