काठमाडौं : वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर औसतमा केही घटाएका छन्। व्यक्तिगत निक्षेपमा औसत ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ, जुन वैशाख महिनामा ५.९८ प्रतिशत थियो। यसअनुसार, २० वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.०४ प्रतिशत विन्दुले घटेको हो।
यस अवधिमा ३ बैंकले ब्याजदर घटाएका छन्, १४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन्।
बैंकहरूले पछिल्ला महिनाहरूमा लगातार ब्याजदरमा कटौती गरिरहेका छन्। प्रणालीमा प्रशस्त तरलता भए पनि कर्जा प्रवाहमा अवरोध देखिएको छ। बैंकहरूले नीतिगत कारणले कर्जा प्रवाह प्रभावित भएको आरोप लगाएका छन्। ब्याजदर घट्ने क्रम जारी रहेकाले अब बेस रेटमा समेत गिरावट आउने र त्यसले कर्जाको ब्याजदर अझै कम हुने संकेत देखिएको छ।












Be the first to comment.