हिमालयन रिइन्सुरेन्सको नाफा करिब १ अर्ब, सेयर प्रिमियममा ३ अर्ब १२ करोड जम्मा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन रिइन्सुरेन्सले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ९३ करोड ११ लाख रुपैयाँ रहेको थियो। कम्पनीको खुद बीमा शुल्क १९.७६ प्रतिशतले वृद्धि भई ४ अर्ब १८ करोड ९ लाख […]

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन रिइन्सुरेन्सले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ९३ करोड ११ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खुद बीमा शुल्क १९.७६ प्रतिशतले वृद्धि भई ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि १९.१५ प्रतिशतले बढेको छ, जसका कारण नाफामा सुधार देखिएको हो।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ्समा १ अर्ब २ करोड रुपैयाँ रहेको छ। चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १२.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको छ। सेयर प्रिमियममा कम्पनीसँग ३ अर्ब १२ करोड रुपैयाँ छ।

हिमालयन रिइन्सुरेन्सले अघिल्लो वर्षको नाफाबाट ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In