काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानो मात्रामा सुधार देखिएको छ। कम्पनीले ३३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३३ करोड ३२ लाख रुपैयाँको तुलनामा १.२८ प्रतिशतले बढी हो। सञ्चालन आम्दानी ७.२५ प्रतिशतले वृद्धि भई १ अर्बबाट बढेर १ अर्ब ८ […]
काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानो मात्रामा सुधार देखिएको छ। कम्पनीले ३३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३३ करोड ३२ लाख रुपैयाँको तुलनामा १.२८ प्रतिशतले बढी हो।
सञ्चालन आम्दानी ७.२५ प्रतिशतले वृद्धि भई १ अर्बबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको कारण नाफामा सुधार आएको हो।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१.४० प्रतिशतले वृद्धि भएको हो।
तारागाउँको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १७.२० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२.५९ रुपैयाँ कायम भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.