नेपाल वेयर हाउजिङ कम्पनीको आम्दानी २ करोड ४३ लाख र खर्च ९ करोड २० लाख, नोक्सानी कति ?

काठमाडौं : नेपाल वेयरहाउजिङ कम्पनीको नोक्सानमा कमी आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ६ करोड ७५ लाख रुपैयाँको नोक्सान व्यहोरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २ लाख रुपैयाँको नोक्सान व्यहोरेको थियो। आम्दानी बढाएर र खर्च घटाएर नोक्सानमा कमी आएको हो। कम्पनीको व्यवसाय सञ्चालन र अन्य स्रोतबाट कुल आम्दानी २ […]

काठमाडौं : नेपाल वेयरहाउजिङ कम्पनीको नोक्सानमा कमी आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ६ करोड ७५ लाख रुपैयाँको नोक्सान व्यहोरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २ लाख रुपैयाँको नोक्सान व्यहोरेको थियो। आम्दानी बढाएर र खर्च घटाएर नोक्सानमा कमी आएको हो।

कम्पनीको व्यवसाय सञ्चालन र अन्य स्रोतबाट कुल आम्दानी २ करोड ४३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, वित्तीय लागतमा पनि उल्लेख्य कमी आएको छ। गत वर्ष ८ करोड २० लाख रुपैयाँ रहेको वित्तीय लागत ५५.२९ प्रतिशतले घटेर ३ करोड ६६ लाख रुपैयाँमा पुगेको छ। यसका कारण कम्पनीको कुल खर्च ३७.३७ प्रतिशतले घटेर ९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। नेपाल वेयरहाउजिङको प्रतिसेयर नोक्सान ९.८० रुपैयाँ छ, भने प्रतिसेयर नेटवर्थ ७२.११ रुपैयाँमा पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In