नेरुडे मिर्मिरे लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा जेठ १० गतेका दिन बस्ने भएको छ। सभा धुलिखेल, काभ्रेपलाञ्चोकस्थित होटल सारथीमा बिहान ११ बजे सुरु हुनेछ। यो पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरेको जनाएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, वासलात तथा अन्य वित्तीय विवरण […]

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा जेठ १० गतेका दिन बस्ने भएको छ। सभा धुलिखेल, काभ्रेपलाञ्चोकस्थित होटल सारथीमा बिहान ११ बजे सुरु हुनेछ।

यो पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरेको जनाएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, वासलात तथा अन्य वित्तीय विवरण र संलग्न अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षण समितिको सिफारिसअनुसार बाह्य लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार वैशाख २० गतेसम्म सेयरधनी नाममा दर्ता भइसकेकाहरूले उक्त सभामा सहभागिता जनाउन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In