चितवन : संघीय सरकारले जिल्लाको समग्र विकासका लागि विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा हालसम्म जम्मा ४४.८० प्रतिशत मात्र खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार साउनदेखि हालसम्म पुँजीगत खर्चको रूपमा ३ अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० रुपैयाँ खर्च भएको छ। चालु आवमा चितवन जिल्लाका लागि कुल ८ अर्ब ७८ […]
चितवन : संघीय सरकारले जिल्लाको समग्र विकासका लागि विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा हालसम्म जम्मा ४४.८० प्रतिशत मात्र खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार साउनदेखि हालसम्म पुँजीगत खर्चको रूपमा ३ अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० रुपैयाँ खर्च भएको छ। चालु आवमा चितवन जिल्लाका लागि कुल ८ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो।
विकास निर्माणका विभिन्न आयोजनाले काम गरिरहे पनि ती आयोजनाबाट भुक्तानी माग आर्थिक वर्षको अन्त्यमा मात्रै गरिने प्रवृत्तिका कारण खर्चको प्रतिशत कम देखिएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिएका छन्।
यसैबीच, चालु खर्चतर्फ भने प्रगति ८०.२१ प्रतिशत पुगेको छ। चालु खर्चका लागि विनियोजित १३ अर्ब ६ करोड ७१ लाख २४ हजार ९८० रुपैयाँमध्ये १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० रुपैयाँ खर्च भइसकेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.