सेन्ट्रल फाइनान्सको कहिले बस्दैछ एजीएम ?

काठमाडौं : सेन्ट्रल फाइनान्सले जेठ ४ गते आफ्नो वार्षिक साधारण सभा (एजीएम) आयोजना गर्ने भएको छ। सभा ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे सुरु हुने छ। यस पटक कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा आह्वान गरेको छ, जसले गर्दा सेयरधनीको भाग खाली नै रहनेछ। सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद […]

काठमाडौं : सेन्ट्रल फाइनान्सले जेठ ४ गते आफ्नो वार्षिक साधारण सभा (एजीएम) आयोजना गर्ने भएको छ। सभा ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे सुरु हुने छ।

यस पटक कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा आह्वान गरेको छ, जसले गर्दा सेयरधनीको भाग खाली नै रहनेछ।

सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गते बुक क्लोज गरिसकेको छ। त्यसअघिको दिन, वैशाख २१ गतेसम्म नाममा सेयर कायम भएका सेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In