ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार कतिमा खुला भयो ?

काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ । पहिलो दिन कम्पनीको सेयर प्रतिकित्ता २७० रुपैयाँमा कारोबार खुला भएको हो । यही मूल्यलाई आधार मानेर अब कम्पनीको नियमित कारोबार अघि बढ्नेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ओमको सेयर कारोबारका लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि अधिकतम २७०.५१ रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरेको […]

काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ । पहिलो दिन कम्पनीको सेयर प्रतिकित्ता २७० रुपैयाँमा कारोबार खुला भएको हो । यही मूल्यलाई आधार मानेर अब कम्पनीको नियमित कारोबार अघि बढ्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ओमको सेयर कारोबारका लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि अधिकतम २७०.५१ रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरेको थियो, जसको उच्च सीमाबाट कारोबार सुरु भएको हो । कम्पनीको सेयर कारोबारका लागि ‘ओएमपीएल’ (OMPL) संकेत तोकिएको छ ।

गत साता ओम मेगाश्रीका कुल ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएका थिए । जसमध्ये १८ लाख कित्ता सर्वसाधारण समूहका लागि र ४२ लाख कित्ता संस्थापक समूहका लागि रहेका छन् ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In