काठमाडौं : हिमालयन रिइन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न जेठ २५ गते वार्षिक साधारण सभा (एजीएम) आयोजना गर्ने भएको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै कुल ४.७५ प्रतिशत लाभांश वितरणका लागि सभामा प्रस्ताव पेश गर्नेछ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाहसम्बन्धी प्रतिवेदनमाथि पनि छलफल गरिनेछ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च तथा अन्य खर्च स्वीकृत गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश छ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव र आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, जेठ १० गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरू सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












Be the first to comment.