प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले बोनस सेयर प्रस्तावसहित बोलायो एजीएम, हकप्रद प्रस्ताव रद्द गर्ने

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सातौं वार्षिक साधारण सभाबाट पारित गरिएको ७ प्रतिशत हकप्रद […]

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सातौं वार्षिक साधारण सभाबाट पारित गरिएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव यसपटक रद्द गरिने भएको छ।

कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी प्रस्तावित बोनस सेयरबाटै पूरा हुने भएकाले हकप्रद प्रस्ताव खारेज गरिएको हो। बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा राखिनेछ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने जनाएको छ। तसर्थ, जेठ १५ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In