दोर्दी खोला जलविद्युतको जेठ ११ गतेबाट साढे १९ लाख कित्ता सेयर लिलामी खुला हुँदै

काठमाडौं : दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रदमा बिक्री नभएका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्न लागेको छ। लिलामीमा संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर समावेश छन्, जसको लकइन अवधि असार ७ गते समाप्त हुनेछ। त्यस्तै, सर्वसाधारण […]

काठमाडौं : दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रदमा बिक्री नभएका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्न लागेको छ।

लिलामीमा संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर समावेश छन्, जसको लकइन अवधि असार ७ गते समाप्त हुनेछ।

त्यस्तै, सर्वसाधारण समूहअन्तर्गत लकइन अवधिमा नपर्ने थप ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामीमार्फत बिक्रीमा ल्याइएको छ।

यस लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ।

इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाहरूले आफ्नो गोप्य शिलबन्दी बोलपत्र जेठ १९ गतेसम्म बुझाउन सक्नेछन्। यस लिलामीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In